शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव

घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७६, शनिबार

पोखरा,१८ जेठ – कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्व सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव जेष्ठ २० गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दै नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले हिमाल र पहाडीको कनेक्टिभिटीको विकास र बिस्तार हुन सके समग्र नेपालको पर्यटन उद्योग फस्टाउने बताए । ‘अझै पनि तराईमा बस्नेले हिमालको भूगोल र पहाडमा बस्ने तराईको भूगोलप्रति अपरिचित हुनुपर्ने परिस्थितिको अन्त्यका लागि कनेक्टिभिटी हुन जरुरी छ,’ नेता गच्छेदारले भने,‘ भारतीय पर्यटक र चिनियाँ पर्यटकको बढाउन सके समृद्ध नेपालको परिकल्पना साकार हुन्छ ।’
गण्डकी प्रदेशका सांसाद राजीव पहारीले घान्द्रुकमा विकासका पूर्वाधारको सुरुवात भइसकेको र अबका केही वर्षभित्र चिल्ला र काला सडकमा सर्रर गुड्न सकिने बताए । घान्द्रुकको सडक कालोपत्र भएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लाग्ने सांसद पहारीको विश्वास छ । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले घान्द्रुकको मौलिक पहिचान नै एकता भएकाले सम्पूर्ण घान्द्रुकबासी एक भई पर्यटन प्रवद्र्धनमा लाग्न सुझाव दिए । अन्नपूर्ण सन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ, रोधीं क्लब घान्द्रुकका अध्यक्ष पूर्णप्रसाद गुरुङ, महोत्सव मुल व्यवस्थापन समितिका सहसंयोजक भुवनेश्वर गुरुङ, महासचिव दिलीप गुरुङ लगायतले महोत्सवका उपलब्धिबारे चर्चा गरेका छन् ।
चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबल खेलका प्रारम्भिक खेलहरु सम्पन्न भएका छन्् । यसअघि प्रमुख अतिथि गच्छदारले खेलका मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव अवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ । एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र विहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->