शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशका धेरैजसो ठाउँमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

देशका धेरैजसो ठाउँमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना


  • Dhorpatan News
  • जेष्ठ २० २०७६, सोमबार

काठमाण्डाै,२० जेठ – साेमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन ।उनका अनुसार केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ । मंगलवार पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->