शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संचारक्षेत्रलाई मर्यादित बनाउन जनप्रतिनिधिको आग्रह

संचारक्षेत्रलाई मर्यादित बनाउन जनप्रतिनिधिको आग्रह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७६, सोमबार

पोखरा,२० जेठ -पोखरा महानगरपालिकाका जनप्रमुखहरुले पत्रकारिता क्षेत्र व्यवस्थीत, जिम्मेवार , गुणस्तरिय र ससक्त भएमात्र स्थानिय सरकार स्थापनाको उद्देश्य पुराहुने बताएका छन् । संचारिका समूह गण्डकी प्रदेश कमिटिले पोखरामा आयोजना गरेको स्थानिय सरकार संचार योजना सम्बन्धि दुइ दिने अन्र्तसम्वाद कार्यक्रममा भाग लिँदै उनिहरुले यस्तो बताएका थिए । कार्यक्रममा सहभागि अधिकांश वडाध्यक्ष तथा जनप्रतिनिधिले स्थानिय सरकारका हरेक क्रियाकलापको निगरानी गर्ने ससक्त निकाय आमसंचार र पत्रकारिता भएकोले नयाँ शासन व्यवस्था सफल बनाउन संचारकर्मीलाइ आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानिय सरकारको दुइ वर्षको अवधीमा संचार क्षेत्रसँगको आफ्ना सम्बन्ध र अनुभवका बारेमा प्रस्तुतीकरण गर्दै वडा नं १ की वडाध्यक्ष शारदा कुमारी पराजुलीले प्रजातन्त्रका लागि दशकौं लामो संघर्षमा पत्रकारिताको योगदान विर्सन नहुने जनाउँदै पछिल्लो क्रममा भने कहीँ कतै पत्रकारिताको समेत अनुगमन आवश्यक रहेको भन्दै दुखेसो गरिन् । उनले पत्रकारलाइ हल्लाको पछि नदौडिइ आफ्नो जिम्मेवारी सम्झेर सत्य तथ्य खोज्नतिर लाग्न अभिप्रेरित गर्नुपर्ने बताइन् । त्यसैगरि अनुभव प्रस्तुतीकरणकै क्रममा वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले राजनीति र पत्रकारिताका व्यथा र संघर्ष उस्तै उस्तै रहेको बताउँदै सामाजिक जिम्मेवारीका क्षेत्रलाइ जनताले हौसला दिनुपर्ने बताए । प्रस्तुतीकै क्रममा वडा नं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले वडा सरकारले धेरै काम गरे पनि त्यो अनुपातमा पत्रकारले साथ नदिएको भन्दै गुनासो गरे । उनले स्थानियस्तरमा भएका राम्रा कामको अनुगमन गरिदिने हो भने स्थानिय सरकारलाइ धेरै हौसला मिल्ने बताए । त्यसैगरि वडा नं ३१ क वडाध्यक्ष कमल बहादुर थापाले पत्रकारले राम्रोलाइ राम्रो नराम्रोलाइ नराम्रो भन्न सक्ने आत्मविश्वासका साथ काम गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष द्धय नारायणकार्की र पुण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष शान्ति गुरुङ, केशव शरण लामिछाने लगायतले समाचाका अन्र्तवस्तु, शुुसासन र पत्रकारिता, सुचनाको हक , स्थानिय विकास रिर्पोटीङ तथा पत्रकार आचारसंहिता लगायतका विषयमा सहजीकरण गरेका थिए ।

संचारिका समूह गण्डकी प्रदेशकी अध्यक्ष स्मीता अधिकारीको संयोजकत्वमा भएको उक्त अन्र्तसम्वादमा वडा नं ५ का अध्यक्ष धन बहादुर नेपाली, ६ का अध्यक्ष जगत पहारी, २५ का अध्यक्ष जीत बहादुर कार्की वडा नं २६ का अध्यक्ष नारायण प्रसाद बराल, २७ का अध्यक्ष पुर्णकुमार गुरुगं, २८ का अध्यक्ष निर्मल दियाली, ९ का अध्यक्ष रामराज लामिछाने, १२ का अध्यक्ष राम बहादुर कार्की, २२ का वडाध्यक्ष मित्रलाल बराल १५ का अध्यक्ष प्रकाश पौडेल, १६ का अध्यक्ष जीवन प्रसाद आचार्य , वडा नं ३० की वडा सदस्य रमा नेपाली लगायतले बोलेका थिए ।

स्थानिय विकासमा राज्यको चौंथो अंग आमसंचार र पत्रकारिताको महत्व उजागर तथा यसका नियम पद्दती आचारसंहिता प्रति जनप्रतिनिधिको सहयोग प्रवद्र्धन गर्न सघाउ पुर्याउने उद्देश्यले संचारिका समूह गण्डकीले अन्र्तसम्वाद आयोजना गरेको हो । पोखरा महानगरपालिकाका ३३ वटै वडाका अध्यक्षलाइ लक्षीत गर्दै आयोजना गरिएको कार्यक्रममा करिव ३० जना वडाध्यक्ष तथा जनप्रतिनिधि सहभागि थिए । यसअघि कार्यक्रमको उद्घाटन पोखराका नगरप्रमुख मान बहादुर जीसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->