शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीको काम ६५ प्रतिशत मात्रै !

जैमिनीको काम ६५ प्रतिशत मात्रै !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७६, बुधबार

बागलुङ, २२ जेठ – पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षका कार्यक्रम सञ्चालन गरेको जिल्लाको जैमिनी नगरपालिकाले जेठको तेस्रो सातासम्म ६५ प्रतिशत मात्रै काम सकेको छ । जेठ महिनामा सबै काम सक्ने भनेको नगरपालिकाका ४५ प्रतिशत काम बाँकी रहेका हुन् । बैशाखको तेस्रो सातासम्म योजना सम्झौताको मिति दिएर उपभोक्ता समितिमार्फत हुने सबै काम अघि बढाईएको थियो । आगामी जेठ मसान्तसम्म सबै काम सक्ने भनिए पनि कतिपय काम प्राबिधिक कारणले रोकिएकाले लक्षमा पुग्न नसकिएको योजना शाखाका अधिकृत प्रेमप्रसाद सापकोटाले बताए ।

नगरपालिकाले गत बर्षनै बैशाख महिनाको अन्तसम्म सबै योजनाका काम सकेर जेठ महिनामा अनुगमन तथा नयाँ योजना निर्माणका लागि छलफल गर्ने कार्ययोजना बनाएको थियो । असार लागेपछि योजना सम्झौता गर्ने र काम थाल्ने परिपाटीको अन्त्यका लागि योजना सम्झौताको मिती तोकिए पनि समयमा उपभोक्ता समितिले काम नगर्दा सबै योजनाको काम गर्न असारनै लाग्ने भएको छ । ‘कतिपय योजनाका उपभोक्ता समिति गठन भएर सम्पर्कमा आउनुभएको छ, योजना सम्झौता भएका छन्’ सापकोटाले भने ‘ढिलै भएपनि काम थालिने भएकाले असारसम्म सबै योजनाका काम सकिएलान ।’ नगरपालिकाले चालु आर्थिक बर्षका लागि दशवटै वडामा ५ सय ८० योजनामा बजेट बिनियोजन गरेको थियो ।

अधिकांश सडक, खानेपानी, सिंचाई र कृषि तथा पशुपालनका कार्यक्रम रहेको सापकोटाले जानकारी दिए । हालसम्म सम्पन्न भएका योजना अधिकांश शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक परिचालनका छन् । सडक, सिंचाई र खानेपानीका योजनाको काम चलिरहेकाले योजना फछ्यौटको चरणमा रहेको उनले बताए । नगरले ‘सफा नगर कार्यक्रम’ का लागि बनाएको उत्कृष्ट दलित बस्ती पुरस्कृत गर्ने, उत्कृष्ट घर पुरस्कृत गर्ने र उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कामलाई चालु आर्थिक बर्षको नमुना काम भनेको छ । ‘हामी शून्यबाट काम थालेका हौं, यो बर्ष काम गर्ने परिपाटीमा सुधार भएको छ’ जैमिनी नगरका उपप्रमुख लिला रानाले भने– ‘दुरुपायोग नहुने गरी काम अघि बढेका छन्, उपभोक्ता समितिको क्रियाशिलतामा कतिपय कुरा भर परे ।’ असार मसान्तसम्म शतप्रतिशत काम सकिने रानाले दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->