पोखरा,२५ जेठ -कास्की , मनाङ र स्याङजामा विभिन्न घटनामा तीन जनाको ज्यान गएको छ । पोखरा महानरपालिका-११ फुलबारीमा करेण्ट लागेर १८ वर्षीय प्रबिण नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । ईन्द्र प्रसाद पाठकको निर्माणधीन घरमा पानीको मोटरको बिजुलीको पल्कबाट तार छुटाउने क्रममा पोखरा भद्रकाली बस्ने कामदार नेपालीलाई अचानक करेण्ट लागेको हो ।नेपालीको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
त्यसैगरी मनाङको नार्फा भुमी गाउँपालिका-२ की ३४ वर्षीय ढोल्मा नाङ्सेङ लामाको घ्याङ्सेङ भिरबाट लडेर ज्यान गएको छ । यार्सा गुम्बा संकलन गर्ने क्रममा भिरबाट लडेर घटनास्थलमानै मृत्यु भएको उपरीक्षक भट्टले जानकारी दिए। ।
स्याङजाको कालिगण्डकी गाउँपालिका- २ भुरडाडामा कालिगण्डी नदिले बगाउदा २५ वर्षीय मिना थापाको ज्यान गएको छ । दिदी तारा केसिसंग नदिको किनारमा रहेको गुठी मन्दिर घुम्न गएको र नदि किनारमा हातखुट्टा धुने क्रममा अचानक नदिले बगाएको प्रहरीले जनाएको छ । उनी १ किमि तल मृत अवस्थामा फेला परेको उपरीक्षक भट्टले जानकारी दिए ।





