शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बर्थिङ सेन्टर सञ्चालनमा

बर्थिङ सेन्टर सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७६, शनिबार

बागलुङ,२५ जेठ -बागलुङको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकारको बहुवर्षे कार्यक्रमअन्तर्गत रु एक करोड ६२ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि शुक्रबार गाउँपालिका अध्यक्ष अमर थापाले भवनको उद्घाटन गर्नुभयोे । उहाँले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी भवन उपयोगी भएको बताए ।
नियमित स्वास्थ्यकर्मी बस्नुपर्ने भएकाले वडा तहबाट आवास व्यवस्थापन र स्वास्थ्यचौकीसम्म सहज सडक निर्माणका लागि रु पाँच लाख लगानी गरिएको वडाध्यक्ष खड्ग थापाले बताए । “गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले सहयोग गरेका हौँ”, थापाले भने , “स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->