शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कर्णाली नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता : उद्धार जारी

कर्णाली नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता : उद्धार जारी

स्थानीयका अनुसार जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान छ।


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७६, मंगलबार

पोखरा, ३ असार – हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।
जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । स्थानीयका अनुसार जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान गरिएको छ। जीपमा सवार सबैजना बेपत्ता भएका छन्। उद्धारकार्य जारी छ।  । प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।
घटनास्थलमा रहेका पत्रकार राजन रावतका अनुसार उपाध्यक्ष शाही, चन्द्र हमाल, चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह र ढुकु भण्डारी खार्पुनाथ गाउँपालिकाका हुन्। जीपमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर खटिएको छ। यो समाचार तयार पार्दासम्म जीप र यात्रु भेटिएका छैनन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->