पोखरा,७ असार – पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु भएको छ । पोखरा २८ माझठाना घर भएका ४ वर्ष उमेरका बालक संस्कार कँडेलको मनिपाल अस्प्ताल पार्किङ एरियामा डा. विश्वदीप तिमिल्सिनाले चलाएको कारको ठक्करबाट ज्यान गएको हो ।ठक्कर दिने वित्तिकै वालकलाइ अस्पताल पुर्याइएको थियो । लगत्तै चिकित्सकले वालकलाई मृत घोषणा गरेका थिए ।
बच्चाका बाबुआमा बिमार रहेकी हजुरआमालाई हस्पिटलमा भेटेर फर्कने क्रममा हस्पिटल हाताभित्रै पार्किंगमा घटना घटेको हो । हस्पिटलको हाताभित्रै डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु हुँदा समेत प्रहरी प्रशासनले डाक्टरलाई जोगाउन र आफूहरुमाथि धरपकड गर्न खोजेको भन्दै आफन्तले आक्रोश ब्यक्त गरेका छन् ।प्रहरीहरु अहिले अनुसन्धानमा रहेकाले घटनाबारे पछिमात्रै सञ्चारमाध्यमलाई जानकारी दिने बताएको छ । घटना लगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीकार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।





