बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नवलपुर नगरपालिकाका उपमेयर चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी

नवलपुर नगरपालिकाका उपमेयर चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी


  • Dhorpatan News
  • असार १० २०७६, मंगलबार

नवलपुर , १० असार – नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने लु १ झ ३२१ नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । गएराति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडिमा आगजनी भएको हो । उक्त गाडी नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने गरेका थिए ।
गाडीमा पेट्रोल छर्केर आगजनी भएको तर तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->