काठमाडौं ,१२ असार – बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीलाई अभिनेत्री करिश्मा मानन्धरले जितेकी छन् ।नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले बी प्लस ल्याएकी हुन् । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।





