गलकोट,१३ असार – बिहिबार दिउसो ३ बजेदेखी अबिरल बर्षाका कारण मध्यपहाडी (पुस्पलाल) लोकमार्ग अबरुद्द बनेको छ ।गलकोट नगरपालिका वडा नम्बर ३ को भेसेपुल र ७ र ९ को सिमाना अमृसेखोलामा लोकमार्ग अबरुद्द बनेको हो । भैसेपुलमा पहिरो सगैं ठुलो चट्टान सडकमा खसेको छ । अमृसेखोलामा ढुङ्गा माटोको थुप्रोले पुरेर तथा लोकमार्गको सतह भत्किपछि बाढि नजिक ठुलो पहिलोले मार्ग अबरुद्ध बनेको गलकोट नगरपालिका वडा नम्बर ३ का बाड अध्यक्ष बिरजंग भण्डारीले जनकारी दिए। लोक मार्ग अवरुद्ध हुँदायात्रुहरु समस्यामा अलपत्र परेका छन् ।भैसेमा सडक माथिमाबाट पहिरो खसेको थियो पहिरो सगैं ठुलो चट्टान सडकमा खसेकोले सडक सुचारु गर्न कठिन भएको छ । स्काभेटरले उत्त ढुङ्गा हटाउन नसक्ने भएकोले एकतर्फ खोल्ने प्रयास भैरहेको भण्डारीले बताए ।
गलकोट नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ को सिमाना अमृसेखोलामा बिहिबार साँझ सडक माथिदेखि पहिरो खस्दा मध्य पहाडी लोक मार्ग अबरुद्ध गलकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तेज थापाले जानकारी दिए । भारी वर्षा सडक पहिरो खस्दा सडक छेउमा लगाइएको पर्खाल सबै बगाएको छ भने सडक देखी तलरहेको खेती योग्य जमिन बगरमा परिणत भएको थापाले जानकारी दिए । सडक सुचारू गर्न पहल भएपनि स्थानियले पटक पटक सडक अबरुद्ध हुदा सम्बनधीत निकायले बिकंल्पको ब्यबस्थापन नगरेको भन्दै सडक सुचारु गर्न नदिएको थापाले जानकारी दिए ।
खेतियोप्य जमीन बगरमा परिणत भएकोले आबश्यक क्षतिपुर्तिको ब्यबस्थापन गर्नुपर्ने भन्दै स्थानीयले सडक सुचारू गर्न अवरोध गरेका छन । पुष्पलाल मध्यपहाडि लोकमार्ग सुचार गर्न तथा स्थानियको उचित मागको सम्बोधन गर्न स्थानिय प्रहरी प्रशासन र गलकोट नगरपकिालकाका नगरप्रमुखसहितका जनप्रतिनिधीबिच छलफल सुरु भएको छ ।





