शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जीप दुर्घटना हुँदा एकको मृत्यु , एक बालिका घाईते

जीप दुर्घटना हुँदा एकको मृत्यु , एक बालिका घाईते


  • Dhorpatan News
  • असार १४ २०७६, शनिबार

बागलुङ,१४ असार– बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया बिष्णुमायाँ खत्रीको मृत्यु भएको हो । रोकी राखेको जिप आकश्मात गुडेर पल्टीदाँ खत्रीको मृत्यु भएको र अर्का एक जना घाईते भएका प्रहरीले जनाएको छ ।
गाडी सुदला चोकमा रोकेर राखेर चालक हिरा काउचा यात्रु बोलाउन गएका थिए । नजिकै यात्र् बलाउन गएका उनी नफर्किंदै गाडि गुडेर पल्टेको थियो । खत्री अत्तालिएर जीपबाट हाम फाल्दा छातीमा चोट लागेको स्थानियले बताए । घाइते खत्रीलाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी चौकी बरेङ डाँडाले जनाएको छ ।
दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीय टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जिपमा ४ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->