शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

रसियन नागरिक पक्राउ

रसियन नागरिक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७६, मंगलबार

पोखरा, १७ असार – अवैधरुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ ।पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक निकोलाय ओलेगबीच भोर्नेभलाई पोखरा ६, खहरेबाट पक्राउ गरेको हो ।
पोखराको पर्यटकीय स्थल लेक साईड क्षेत्रमा माला, क्यूरियो लगायतका सामाग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय पोखरामा बुझाएको प्रहरीले जनाएकोछ ।पक्राउ परेका उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->