शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विद्युत प्रशारण लाइन बनाउँदा खेतियोग्य जमिन मासिने भन्दै लाहाचोकबासी आक्रोशित

विद्युत प्रशारण लाइन बनाउँदा खेतियोग्य जमिन मासिने भन्दै लाहाचोकबासी आक्रोशित


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७६, मंगलबार

पोखरा,२४ असार – तल्लो मोदी लेखनाथ १३२ केभी प्रशारण लाइनका प्रभावित स्थानीय आक्रोशित बनेका छन् । माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा निर्माणाधीन विद्युत सव स्टेसनमार्फत पोखरा लेखनाथसम्म प्रसारण लाइन निर्माणको तैयारी भइरहेको बेलामा स्थानीयले बिरोध जनाएका हुन । प्रशारण लाइनको लागि टावर निर्माण गर्न आयोजनाले जग्गा अधिग्रहण गर्ने प्रक्रियामा छ । जग्गा अधिग्रहणको लागि स्थानीयसँगको समन्वयमाबिना मिति उल्लेख नभएकोको सूचना प्रकाशित गरी जग्गाधनीको नाम ,कित्ता नम्बर र क्षेत्रफल नमिलेको सूचना प्रकाशित गरेपछि स्थानीय त्रसित बनेका हुन । बस्ती बिस्तार भइरहेको र खेतीयोग्य जमिनबाट प्रसारण लाइन निर्माण गर्न नदिने उनीहरुको अडान छ । संघर्ष समितिका अध्यक्ष शरदचन्द्र ढकालले भने,‘हामी विकास विरोधी होइनौँ ,तर वातावरणीय प्रभाव मूल्यांकन र स्थलगत अध्ययन नगरि स्थानीयको सहमतिबिना काम अघि बढेको छ ,यो हामीलाई स्वीकार्य छैन ।’ ढकालका अनुसार पहिलो सूचनामा ५७ जना पीडितको जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएको छ । अधिग्रहण गरिएको जग्गा मा पनि केही जग्गा अधिग्रहण गरिएको र थोरै मात्र बाँंकी राखिएको उनले बताए । बाँकी रहेको जग्गा पनि टावरको अर्थिङको कारण काम नलाग्ने उनको भनाई छ । प्रशारण लाइनको विकल्प हुँदाहुँदै पनि खेतियोग्य जमिन स्थानीयसँगको सहमति विना प्रयोग गर्न खोज्दा आफुहरु आन्दोलनमा जान बाध्य भएको ढकालले बताए ।
उनले भने,‘हाम्रो जीविका अनि बासहरण गरिन्छ भने हामी पीडितहरु मृत्युदेखि डराउने छैनाँै ,अन्तिम थोपा रगत रहेसम्म लडन पछि पर्ने छैनौँ ।’टावरबाट २ किलोमीटरसम्म अर्थिङको प्रभाव रहने भन्दै स्थानीय त्रसित बनेका छन् । बस्ती विस्तार भएको ठाउको विकल्पबाट प्रसारण लाइन बनाउन स्थानीयको आग्रह छ ।स्थानीय राजेन्द्र अधिकारीले भीरपाखाबाट लगे पनि हुने प्रशारण लाइन निर्माणको लागि भन्दै राज्यले आफूहरुलाई उठिबास लगाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->