शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रवेशद्वारको रुपमा बन्दीपुर केवलकार

गण्डकी प्रवेशद्वारको रुपमा बन्दीपुर केवलकार

बटम स्टेशन निर्माण सुरु


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७६, बुधबार

पोखरा, २४ असार – आयोजना कम्पनीले गण्डकी प्रदेशको स्वागतद्वारको रुपमा काम गर्ने दाबी गरेको बन्दीपुर केवलकारको बटम स्टेशन भवन निर्माणकार्य सुरु भएको छ । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले निर्माण गर्न लागेको उक्त भवनको सोमबार शिलान्यास गरिएको छ ।
बन्दीपुर गाउँपालिका–४, ठुलढुङ्गा देखि एक हजार छ सय मिटर उचाईमाथि बन्दीपुरसम्म केवलकार चल्नेछ । पहाडकी रानीको उपमा पाएको पर्यटकीय स्थल बन्दीपुरलाई केवलकारले थप उचाईमा पु¥याउने अपेक्षा लिईएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
बटम लाईन भवनको लागि मात्र कुल १८ करोड ५५ लाख रुपैयाँ लागत लाग्ने उनले जनाईएको छ । यो भवन आगामी १५ महिनाभित्रै सम्पन्न हुनेछ । तर, परियोजनाको कुल लागत भने एक अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ ।
१ अर्ब ३८ करोड रुपैयाँमध्ये बन्दीपुरमा ८२ करोडको १० तले भव्य होटल पनि निर्माण हुनेछ । उक्त होटलमा आधुनिक भ्यू टावर, बेक्यवेट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए ।
बाँकी रु ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको उनको भनाइ थियो ।
यो परियोजनामा लिमिटेडसँगै, टुरिज्म ईन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाले लगानी गर्नेछन् ।
ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् । विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ ।
परियोजनाका अध्यक्ष शर्माले यस परियोजनाले, ‘स्वदेशमा तथा विदेशमा रहेका युवाहरुलाई प्रोत्साहन गर्न सकिन्छ, केही न केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताए ।’
“यसमा सम्पूर्ण स्वदेश तथा प्रवासमा रहेका युवाहरुलाई लगानीकर्तालाई साझेदारी लगानीको लागि आह्वान पनि गरेको छ । नीजि, सामुदायिक, सरकारी र सहकारी लगानीमा परियोजनाको मोडालिटी छ । बन्दीपुरको पर्यटन र गण्डकी प्रदेशको स्वागतद्वारको रुपमा काम गर्नेछ । यो चाहिँ पञ्चासे पूर्वाधारयुक्त प्रोजेक्ट बन्ने को सोकेसको रुपमा समेत लिईएको छ ।” उनले भने ।
तस्बिर पनि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->