शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कास्कीमा मजदूरबीच झगडा हुँदा एक जनाको मृत्यु

कास्कीमा मजदूरबीच झगडा हुँदा एक जनाको मृत्यु


  • Dhorpatan News
  • असार २५ २०७६, बुधबार

पोखरा,२५ असार – दुई मजदूरबीचको विवादले उग्ररुप लिँदा कास्कीको एक जनाको ज्यान गएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० धामलेमा बन्दै गरेको नयाँपुल–घान्द्रुक सडकमा काम गर्ने मजदूरहरु २६ वर्षीय रुद्र मगर र ४२ वर्षीय रामबहादुर गुरुङबीचको विवादसँगै झगडा हुँदा रामबहादुर गुरुङको मृत्यु भएको हो। प्रहरीका अनुसार सामान्य विवादको क्रममा ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का मगरले स्याङ्जा ज्यामिरेका गुरुङको टाउकोमा उत्तिसको लौरोले हिर्काएका थिए। टाउकोमा उत्तिसको लौरो बजारिएपछि गुुरुङको घटनास्थलमै मृत्यु भएको हो।प्रहरीले रुद्र मगरलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->