शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै

शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७६, आइतबार

इटहरी, २९ असार – सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->