शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बाँदर धपाउदा भिरबाट लडेर सुदर्शनको मृत्यु

बाँदर धपाउदा भिरबाट लडेर सुदर्शनको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७६, आइतबार

बागलुङ,२९ असार  – मकै खान आएका बाँदर धपाउदा भिरबाट लडेर बागलुङमा एकजनाको ज्यान गएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेको फेदीमा आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लीएर भिरबाट खस्दा २२ वर्षीय सुदर्शन पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भट्राईले जानकारी दिए । बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भिरबाट खसेको भन्दैं स्थानियले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको भट्राईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->