शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फोनिज गण्डकीमा आस्था मगर

फोनिज गण्डकीमा आस्था मगर


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७६, सोमबार

पोखरा, ३० असार – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट कास्कीका एम बी आस्था मगरको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा दिल शिरिष(बाग्लुङ), महिला उपाध्यक्षमा कमला रानामगर(नवलपुर), महासचिवमा कास्कीका रुद्रबहादुर श्रीस मगर, संगठन सचिवमा कास्कीकै खिमा गुरुङ, संस्थागत सचिवमा तनहुकी सुनिता थापामगर र कोषाध्यक्षमा तनहुँ कै सिर्जना राना मगर चयन भएका छन। खुल्ला सदस्यहरुमा सुसान्त गाहा मगर(कास्की), धनबहादुर गुरुङ सुमन(कास्की), गणेश गुरुङ(म्याग्दी), तिलक गुरुङ(स्याङजा) चयन हुनुभयो। यस्तै गरी महिला सदस्यहरुमा मुना थापा मगर(नवलपुर), सूर्यकुमारी महतो(नवलपुरर), सुमन थापा मगर(कास्की)र संस्थागत सदस्यहरुमा मिना थापामगर(नेपाल मगर पत्रकार संघ), मनिलाल सरब्ज गुरुङ(तमु संचारकर्मी संघ) चयन भए।

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराएका थिए । प्रमुख निर्वाचन अधिकृत तिलक पुन पुर्जा, फोनिज उपाध्यक्ष देवका घर्ती मगर, महासचिव मनोज घर्ती मगर, सचिव तथा केन्द्रीय प्रतिनिधि मिलन लिम्बु, प्रदेश इञ्चार्ज लगायतले बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष एम बी आस्थाले फोनिजलाई शसक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।नेतृत्व चयनका लागि फोनिजका पुर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार तिलक प्रसाद पुन पुर्जा मुख्य निर्वाचन अधिकृत र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र अधिवक्ता जुनाकुमारी गुरुङ अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको थियो।

यसरी नै बन्द सत्र व्यवस्थित गर्न फोनिजका उपाध्यक्ष देवका घर्ती मगरको अध्यक्षतामा प्रदेश नं. ३ इञ्चार्ज समिर बलामी, संघीय समिति सदस्य मिला दराई सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। बन्द सत्रमा फोनिज प्रदेश इञ्चार्ज तथा तदर्थ समिति संयोजक हुमबहादुर गुरुङले गण्डकी प्रदेश तदर्थ समिति स्थापनादेखि वर्तमानसम्म गरेका गतिविधीसहितको प्रस्तुतसांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो। महाधिवेशनमा गण्डकी प्रदेशका ५८ प्रतिनिधिहरु सहभागी भएका थिए ,

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->