स्याङ्जा, ३१ असार- भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा रहेको छायाँक्षेत्र मन्दिरमा पहिलो पटक शिव महाआरती गरिने भएको छ । शिवलिङ्ग रहेको चर्चित छायाँक्षेत्र मन्दिरमा श्रावण महिनामा सर्दालु भक्तजनको विशेष भिड्लाग्ने गर्दछ । अन्य महिलनमा सोमबार विशेष गरेर शिवको पुजाँआजा गरिने भए पनि श्राजण महिनामा प्रत्येक दिन विशेष प्रकारको पुजाँआरधना गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । श्रावण महिनामा विशेष गरेर अविभाहित युवतीहरुले असल पति पाउँभनि शिवको विशेष पुजाँआरधना गर्नुका साथै ब्रत बसने चलन छ ।
सत्य युगमा महादेवले सतिदेवीको वियोगमा मृत शरिरलाई काधँमा बोकेर हिड्नेक्रम्मा छाङ्छाङ्दीमा पनि सतिदेवीको अंग पतन भएको र सोही ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको भन्ने धार्मीक मान्यता रहिआएको छ भने स्वस्थानी ब्रतकथामा समेत सोकुरा उल्लेख भएकोपाईन्छ । त्यसैले पनि दिन प्रतिदिन छाँयाक्षेत्र मन्दिरको महत्व निद प्रतिदिन बढ्दै गएको छ ।
सिद्धार्थ राजमार्गसंगै जोडिएको छाङ्छाङ्दी छाँयाक्षेत्र मन्दिरको महिमा मुलुकभर प्रचारप्रसार गर्ने उद्देश्यले शिवमहा आरतीको आयोजना गरिएको आज आयोनिजत पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पित्ताम्बर श्रेष्ठले जानकारी दिए। संगीतमय भजनकृर्तन सहित हरेक दिन शिवमहिमाका बारेमा प्रवचन हुने प्रमुख वाचक पण्डित प्रकाश तिवारीले बताए ।
मन्दिरको महिमाका विषयमा स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ ।
साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गर्ने गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विशेष गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, हरितालीका तीज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
पहरामा चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङ लगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।





