शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कार्यकर्ता रिहाइ गर्न बिप्लब नेतृत्वको नेकपाको  माग

कार्यकर्ता रिहाइ गर्न बिप्लब नेतृत्वको नेकपाको  माग


  • कमल पौडेल
  • साउन २९ २०७६, बुधबार

बागलुङ,२९ साउन – नेपाल कम्यूनिष्ट पार्टि (विप्लब समुहले एक प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टिको नेता महेन्द्र भण्डारी लाई तत्काल रिहा गर्न माग गरेको छ। साउन २७ गते विहान बागलुङ बजारबाट भण्डारीको अपहरण शैलिमा पक्राउ गरिएको भन्दै सो पार्टिले तत्काल रिहाइ गर्न माग गरेको हो। जिल्ला सेक्रेटरी पृथ्वीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टिको जिम्मेवारी पुरा गरिरहेको अवस्थामा आफ्नो कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ नभए त्यसबाट हुने प्रतिकुल अवस्थाको सामाना गर्न सरकारलाई चेतावनी समेत दिएको छ। देश मानव वेचविखनको उच्च जोखिममा रहेको भन्दै विज्ञप्तीमा संसदिय व्यवस्थाले उत्पन्न गरेका परिस्थितिलाई अन्त्य गर्न एकिकृत जनक्रान्तिको कार्य अगाडि वढिरहेकोले सन्दर्भमा हालको सरकारले चलाएको धरपकड, इन्काउन्टरबाट विचल्ली नहुन आफ्ना कार्यकर्ता तथा जनसमुदायलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->