बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पारिश्रमिक र सुविधासम्बन्धि विधेयक प्रमाणिकरण

पारिश्रमिक र सुविधासम्बन्धि विधेयक प्रमाणिकरण


  • Dhorpatan News
  • भाद्र १४ २०७६, शनिबार

पोखरा,१४ भदौ – गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘पारिश्रमिक र सुविधासम्बन्धि केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरण प्रसाद शर्मा पौडेलले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र गण्डकी प्रदेशको प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति शुक्रबार नै पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->