बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फोहरको थुप्रोमा भबिष्य खोजेकी सुबिनाले, पाईन संरक्षक

फोहरको थुप्रोमा भबिष्य खोजेकी सुबिनाले, पाईन संरक्षक


  • Dhorpatan News
  • भाद्र १५ २०७६, आइतबार

पोखरा, १५ भदौ – फोहरको थुप्रोमा आफ्नो भबिश्य खोज्दै गरेकी पोखरा महानगरपालिका वडा नं १४ छिनेडांडाकी सुबिना थापामगरले अबिभावक पाएकी छिन् । उनले अव देखि ल्याण्डफिल्ड साईटमा भबिश्य खोज्नु पर्ने अवस्था रहेन । उनलाई मितेरी नारी समुहले पढाई दिने भएको छ । पोखराको रामेश्वरी सामुदायीक बिद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी सुबिना आफुले थाहा पाउने भए देखि नै प्लाष्टीक संकलन गरी बिक्र गर्ने गर्थिन् । आर्थिक अवस्था बिपन्न, बाबु आमा दुवै मजदुरी गर्छन् । एक बैनीलाई गत बर्ष देखि मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङले बालबालिकालाई बिद्यालय भर्ना अन्र्तगत पढाउदै आएका छन् ।
तीजको अवसर पारेर मितेरी नारी समुहले पोखराको बसुन्धरा पार्कमा आयोजना गरेको शुभकाना आदानप्रदान कार्यक्रममा सुबिनालाई पढाउने जिम्मा लिएको हो । बालिका सुबिनालाई मितेरी नारी समुहले उच्च शिक्षा सम्म पढाउने गरी अक्षयकोष समेत खडा गरेको छ । ‘दुईलाख अक्षयकोष राखिएको र आवश्यक्ता परे थप्दै जाने छौं ।’ समुहकी अध्यक्ष मिरा पौडेलले भनिन् ।
कार्यक्रममा खाजा, शैक्षिक सामाग्री तत्काल खरिद गर्नका लागि बालिकालाई दश हजार रुपैया हस्तान्तरण गरिएको थियो । उनको स्कुल फि र अन्य लाग्ने शुल्क पछि तिर्ने कुरा अध्यक्ष पौडेलले बताईन् । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर छात्रबृति प्रदान गरिएको, कामले पूर्ण सफलता पाउने आषा ब्यक्त गरिन् । उनले भनिन् ‘सबैले आफ्नो ठाउबाट समाजसेवाको काम गरेमा सुखी नेपाली समृद्ध नेपालको परिकल्पना चाडै साकार हुने छ । ’ सांसद गुरुङले महिलाहरुलाई आय आर्जनमा लाग्न जोड गदै भनिन् आफ्नै आम्दानी भयो मात्रै मन फुकाएर समाजसेवा गर्नपाईन्छ । नभए श्रीमान् संग हात थाप्नुपर्ने अवस्था हुन्छ । उनले भनिन् ‘सबै नेपाली महिलाहरु श्रमसंग जोडिनु पर्छ तव मात्र समतामुलक समाजको निमार्ण गर्न सकिन्छ । ’
सो अवसरमा वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारीले महिलाहरुमा भएको एकता र समाज निमार्णको भावनाले बसुन्धरा पार्कको सरसफाई र सरक्षण जुटेकोमा प्रसंसा ब्यक्त गरे । पुरुषले गर्न नसकेका काम समेत महिलाहरुले सम्पन्न गरेको पार्कको ब्यूटिफिकेसन बढाएको बताए । वडा नं ६ की सदस्य तथा कार्यपालिका सदस्य पुष्पा पहारी घले, सामुदायिक सेवा केन्दा बैदामकी अध्यक्ष मिना भट्टराई, टोल बिकास संस्थाकी अध्यक्ष कल्पना पहारी, वडा नं ५ की सदस्य अन्जु क्षेत्री, अन्पूर्ण आमा समुहकी अध्यक्ष शान्ती अधिकारी, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता मितेरी नारी समुहकी अध्यक्ष मिरा पौडेलले गरेकी थिईन् भने स्वागत र संचालन उपाध्यक्ष तारा आचार्य सचिब लक्ष्मी भट्टराईले गरेकी थिईन् ।
पोखरा ६ बैदामलाई कार्यक्षेत्र बनाएर पन्ध्र बर्ष अघि स्थापना भएको मितेरी नारी समुहले बसुन्धरा पार्कको बोटबिरुवा, बनस्पती संरक्षण सरसफई र पर्खाल तथा रेलिङ हाल्ने काम गरेको छ । समुहले शहरी बिकास कार्यालयको सहयोगमा ४३ लाख रुपैयामा पार्कको सौन्दयकरण फेवाताको संरक्षण र हिड्ने बाटो निमार्ण गरेको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->