बागलुङ, ३० भदौ– नेपाल रेडक्रस सोसाईटी अमलाचौर उप–शाखाको सभापतीमा गुरुदत्त पाठक निर्वाचित भएका छन् । बागलुङ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष समेत रहेको पाठक सोमबार सम्पन्न उप–शाखाको अधिबेशनबाट सभापतीमा निर्वाचित भएका हुन् ।
पाठकको एकल उमेद्वारी परेकाले सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनीसँगै समितिका सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् । समितिको पदाधिकारी पछि मनोनित गर्ने प्राव्धान रहेकाले सभापती सहित ८ जना सदस्यको निर्वाचन गरीएको थियो । समितिका सदस्यहरुमा गोविन्द बहादुर पौडेल, ज्ञानेन्द्र ढकाल, भविदत्त पन्त, निशान वि.क, खेमकुमारी राना, कोपिलामणी शर्मा, गोविन्द प्रसाद पौडेल र कृष्ण प्रसाद शर्मा रहेका छन् ।
सामाजिक सेवाकै लागि जिवन अर्पण गरेको भन्दै पाठकले सामाजिक संस्था रेडक्रसमा उम्मेदवारी दिएका थिए । ‘वडामा रहेर जनताको सेवा गरेकै छु’ पाठकले भने ‘रेडक्रसको जिम्मेबारी पनि दिनुभएको छ त्यो पनि कुशलताका साथ सम्पपादन गर्छु ।’ वडाका काम देखेर रेड क्रस जस्तो संस्थामा सर्वसम्मत नेतृत्व प्रदान गरेको पाठकले दावी गरे । उप–शाखामा मदतानको अधिकार रहेका २ सय ५८ जना सदस्य रहेका छन् ।





