बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधिसँग जोड्न नसक्दा देशले फड्को मार्न सकेन-मन्त्री लम्साल

ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधिसँग जोड्न नसक्दा देशले फड्को मार्न सकेन-मन्त्री लम्साल


  • Dhorpatan News
  • असोज २ २०७६, बिहिबार

पर्वत, २ असोज – गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधिसँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको वताएका छन । पर्वतको फलेवास नगरपालिका – २ स्थित भुमे आधारभुत बिद्यालय थापाठानाको ६१ औँ वार्षिकोत्सव तथा बिद्यालयमा जडित ईन्टरनेट प्रविधिको बुधबार उद्घाटन गर्दै मन्त्री लम्सालले ज्ञानलाई विज्ञानसँग जोड्न र विज्ञानले आविष्कार गरेको प्रविधिलाई भित्र्याउन नसक्दा पछाडि परेको वताए ।
मन्त्री लम्सालले नेपालीहरुले अथाह प्राविधिक ज्ञान र सामथ्र्य हुदाँ हुदैँ पनि संस्कृति तथा साक्षर मात्र बन्ने परम्परागत शिक्षालाईनै अझै सम्म निरन्तरता दिदाँ प्रविधिमा प्रगति हासिल गर्न नसकिएको वताए। अब प्राविधिक र व्यवहारिक शिक्षा तथा ज्ञानलाई विज्ञानसँग जोड्ने र विज्ञानले आविष्कार गरेका नयाँ प्रविधिको प्रयोग गरि बिद्यार्थीहरुको क्षमता अभिवृद्वि गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए। समाज विकासको पहिलो आधार शिक्षा भएको र शिक्षा विना शुसान,समृद्वि,विकास र प्रगति सम्भव नभएको स्पष्ट पारे।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले संविधानको अनुसुचि ८ मा आधारभुत शिक्षा र माध्यामिक शिक्षाको काम गर्ने सबै अधिकार स्थानिय तहलाई भएको उल्लेख गरिएता पनि संघिय सरकारले अधिकार माथी खिच्न थालेको भन्दै असन्तुष्टी जनाए । फलेवास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुको बुर्जुवा शिक्षण पद्वतिलाई परिर्वतन गरी शिक्षा ऐन नियामावली बनाएर नयाँ ढंगका साथ अगाडी बढ्ने बताए। बिद्यालयमा शिक्षा सुधारको लागि शिक्षा अधिकारी र बिद्यालयका प्र.अ. बिच कार्यसम्पादन सम्झौता समेत गरीने बताए । फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले फलेवासको समग्र शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले नयाँ कार्ययोजनाका साथ अगाडी बढिरहेको बताए ।
कार्यक्रममा वडाध्यक्ष गंगानारायण श्रेष्ठ,समाजवादी पार्टी पर्वतका अध्यक्ष ओम ब. भण्डारी, थापाठाना मा.वि.प्र.अ.विष्णु प्रसाद शर्मा,पुर्व विद्यार्थी कमल ब.खत्री लगाएतले वोलेका थिए। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम ब.भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उमकान्त जैशीले स्वागत मन्तव्य र सञ्चालन शिक्षक महेस पौडेलले गरे । बिद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयमा ईन्टरनेट जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->