पोखरा, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवलाय सदस्य तथा प्रस्तावित उपाध्यक्ष कमरेड बामदेव गौतम मंसिरमा हुने उपनिर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नहुने भएका छन । कास्की २ को उपनिर्वाचनमा उम्मेदवार हुने चर्चा चलिरहेको वेला गौतमले शनिवार वसेको पार्टी सचिवालयको वैठकमा आफु उम्मेदवार नहुने वताएका हुन् । उपनिर्वाचनमा स्थानीय कार्यक्षेत्रमा खटिएका पार्टीका नेताहरु नै उम्मेदवारका लागि पहिलो हकदार भएको वताउदै आफु सो निर्वाचन क्षेत्रबाट उम्मेदवार नहुने वताएका हुन् । तत्कालिन पर्यटनमन्त्री रहेका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको सो क्षेत्रबाट प्रतिनिधीसभा सदस्य पदका लागि आफुले उम्मेदवारी नदिने जानकारी गराउदै नेता गौतमले निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गरेका छन । शनिवार साँझ आफ्नो फेसवुक पेज मार्फत उम्मेदवारी नहुने जानकारी गराउदै गौतमले स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर भएको वताएका छन । कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान रहेको समेत प्रष्ट पारेका छन ।

गौतमले अपिलमा भनेका छन :
‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया९ १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’
४ आश्विन २०७६





