शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा किशोरी मृत फेला

बागलुङमा किशोरी मृत फेला


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

बागलुङ,२९ असोज – बागलुङ नगरपालिका ३ गुठी घर भएकी १७ वर्षीया बिजु जिसी मृत अवस्थामा फेला परेकी छिन । गएको असोज १७ गतेबाट बेपत्ता रहेकी उनी ११ दिनपछि असोज २८ गते पर्वतको बिहादी गाउँपालिकामा पर्ने कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।
बिजु बेपत्ता रहेको भन्दै उनका श्रीमान् अशिम खड्काले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गरी खोजीका लागि अपिल गरेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईका अनुसार प्रहरीले खोजी तिब्र पारेको थियो । प्रहरीले खोज ीगर्ने क्रममा पर्वतमा शव फेला पारेपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दर्ता गरेपछि मात्र जिल्ला अस्पताल पर्वतमा राखिएको बिजुको शवको पोष्टमार्टम हुनेछ । पर्वतको जलजला गाउँपालिका ५ लेकफाँट माइती घर भएकी बिजुको विवाह गत भदौ २ गते भएको लेकफाँटका वडाध्यक्ष तिलकबहादुर जिसीले बताए ।
बिजुले बागलुङ नगरपालिका–३ गुठिका ३४ वर्षीय अशिम खड्कासँग भागी विवाह गरेको र विवाह दर्ता पनि नभएको वडाध्यक्ष जिसीको भनाइ छ । ‘गत भदौ २ गते भागेर विवाह गरेको बुझिएको छ, उमेर १७ वर्ष मात्र भएकोले उनीहरूको विवाह दर्ता भएको छैन’ उनले भने, ‘बिजु र सासू ससुराका बीचमा सम्बन्ध राम्रो नरहेको भन्ने थाहा पाएको छु ।’ बिजुले आत्महत्या नै गरेकी हुन भन्ने प्रमाण नभेटिएकोले हत्या पनि भएको हुन सक्ने दृष्टीकोणबाट अनुसन्धान गर्नुपर्ने माइती पक्षको भनाइ छ । वडाध्यक्ष जिसीका अनुसार बिजु बेपत्ता भएपछिबाट नै श्रीमान् अशिमले उनको खोजी गरेका थिए । बिजुको शव भेटिएपछि अशिम पनि सोही स्थानमा पुगेर शवलाई पर्वत सदरमुकाम ल्याउने काममा जुटेका थिए ।
घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरीले बिजुका शासु सशुरालाई नियन्त्रणमा लिएको छ । ‘हामिले सामान्य सोधपुछका लागि सासु सशुरालाई नियन्त्रणमा लिएर पर्वत पठाएका छौं’ भट्टराईले भने ‘पर्वत प्रहरीले अनुसन्धान गरीरहेको छ, के भएको भन्ने अनुसन्धान पछि खुल्ला ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->