बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सन्तुलित परराष्ट्रनीतिले देशको शिर उँचो : मुख्यमन्त्री गुरुङ

सन्तुलित परराष्ट्रनीतिले देशको शिर उँचो : मुख्यमन्त्री गुरुङ

चाडपर्बले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रेरणा दिन्छन ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

तनहुँ, ८ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सन्तुलित परराष्ट्रनीतिले देशको शिर उचो भएको वताएका छन् । नेपालीहरुका चाडपर्वका अवसरमा नेपाल कम्युन्ष्टि पार्टी नेकपाले शुक्रवार तनहुँको दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा वोल्दै मुख्यमन्त्री गुरुङले केपी ओली सरकारले अबलम्वन गरेको सन्तुलित परराष्ट्रनितीले दुई ठूला मुलुकविच सुदृढ समबन्ध स्थापित भएको वताए ।
भूगोलका आधारमा देश साना र ठूला भएपनि सार्वभौमिकता, न्याय र स्वतन्त्रताका हिसावले समान हुने भन्दै गुरुङले हाम्रो मुलुक यतिवेला कसैको पनि खेल मैदान होइन भन्ने स्थापित भएको वताए । सन्तुलित परराष्ट्रनीतिका कारण आज नेपाललाई विदेशीले हेर्ने दृष्टिकोण वदलिएको छ । गएको निर्वाचनले मुलुकमा अव धेरै पार्टी आवश्यक छैनन् भन्ने जनताको म्यान्डेट आएकोले अव मुलुकलाई समृद्ध बनाउन सवै एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्रीको जोड थियो ।
प्रदेश सरकारका आधारभुत संरचना र कानुन निर्माणका काम सकिएकाले अव विकासका काम सुरु भएको वताउदै मुख्यमन्त्री गुरुङले उज्यालो गण्डकी प्रदेशका अभियान सुरु भइसकेको वताए । चाडपर्व सांस्कृतिक सम्पदा भएकोले सवै धर्म र जातीका चाडपर्वको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको छ, गुरुङले भने, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न चाडपर्बले प्रेरणा दिन्छन ।पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा समपन्न कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चाडपर्वलाई मितब्ययी रुपमा मनाउनुपर्नेमा जोड दिए । सो अवसरमा संघिय सांसद कृष्ण कुमार श्रेष्ठ, प्रदेशसभा सदस्य आशा कोइराला, सरिता गुरुङ, डोवाटे विक, जिल्ला समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले र ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख,सामाजिक ब्यक्तित्व, पार्टीका नेता कार्यकर्ताले लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->