आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७६, बुधबार

काठमाडौं, १३ कात्तिक – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पुर्जालाई गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो । पुर्जाले छोटो अवधिमा ८ बजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहणको कीर्तिमान बनाएका हुन् । उनी ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल चढ्ने समग्रमा ४३ औं आरोही हुन् भने नेपालका चौथो आरोही हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->