आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन: डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा गरिएको अपरेशन सफल

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन: डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा गरिएको अपरेशन सफल

प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको थियो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७६, मंगलबार

काठमाडौं, १० मंसिर – एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ।  त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट थालेको अप्रेशन सफल भएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको थियो । डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो।  प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशनका लागि त्रिवि शिक्षण अस्पतालबाट डाक्टर भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो।
अप्रेशन थालिएसँगै भास्कुलर सेन्टरमा पत्रकारहरुको प्रवेशलाई कडाइ गरिएको छ । सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो।  प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै अप्रेशनअघि परामर्श गरिएको जानकारी दिए।  यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिन अघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->