बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मर्यादित महिनावारी दिवस बागलुङमा पनि मनाइयो

मर्यादित महिनावारी दिवस बागलुङमा पनि मनाइयो


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७६, सोमबार

बागलुङ, २३ मंसिर – विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउदा नेपाल र बागलुङ जिल्लामा पनि आईतवार (डिसेम्बर ८)  मनमईयो। लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । बागलुङमा सत्कर्म नेपाल र आमा मिलन केन्द्रले महिला मानव अधिकार रक्षक संजाल बागलुङले सहकार्य एक कार्यक्रमका विच यो दिवस मनाएका हुन् ।
लैंङ्गिक हिंसा न्यूनिकरण र मानव अधिकारको लागि मर्यादित महिनाबारी भन्ने मुल नाराको साथ अमर आदर्श बिधालयको प्राङगाणमा बिधालयको शिक्षक, बिधार्थी र आयोजकले यो दिवसका सन्दर्भमा तयार पारिएको ब्यानर प्रर्दशनी, प्लेकार्ड प्रर्दशनी, मर्यादित महिनावारी बारे जानाकारी र बिचार अभिब्यक्त गरि मनाएका हुन ।सत्कर्म नेपालका संस्थापक एवं नागरिक अभियान्ता सीताराम थापाले मर्यादित महिनावारी बारे जानकारी दिए। उनले बागलुङमा बिधालय स्तरबाट किशोर किशोरीहरुलाई सचेतना जगाउन सुरु गरिएको वताउदै यो अभियानले लैङ्गिक समानता, महिला प्रजनन स्वास्थ्य, मानव अधिकार र हिंसासंग सम्बन्धित समस्या लाई सम्बोधन गर्ने वताए । महिनावारी भएर नै आज मानबको रुपमा हामी छौ, नत्र हुदैनथ्यौ भन्दै थापाले थाहा, भयर वा अथाहाले गर्दा आज यो समस्याको रुपमा जटिलता भोग्नु परेको बताए।
महिला मानव अधिकार रक्षक ज्ञानुदेवी थापा मगरले महिला लैंङ्गिक हिंसालाई पश्रय दिने महिनावारीको समस्याले सदियौ महिलाहरु हिंसा र मृत्युको मुखमा परेको बताईन। बिधालयका अध्यक्ष बिजयराज पन्तले महिलाको महिनावारी समस्याले शारीरीक र मनोबैज्ञानिक असर परिरहेकाृले यस्तो अभियानको आवश्यक रहेको बताए। विद्यालयका प्रिन्सिपल थापामगरले यो अभियानलाई निरन्तरता दिन सामुहिक रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने वताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->