आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पतालमा

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पतालमा

डायलासिस सकेर प्रधानमन्त्री ओली केही बेरमै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किनेछन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७६, मंगलबार

काठमाडौं, २४ मंसिर – प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित डायलासिसका निम्ति प्रधानमन्त्री ओली मंगलबार साँझ मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज गएका हुन् ।
थापाका अनुसार डायलासिस सकेर प्रधानमन्त्री ओली केही बेरमै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किनेछन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मंसिर ११ गते साँझ  पाँचौ पटक डायलासिस गरिएको थियो । ओलीको यो छैटौ पटकको डायलासिस हो।
यसअघि प्रधानमन्त्री ओलीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरिएको थियो।  एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि  पनि प्रधानमन्त्री ओलीलाई सीआरआरपी (कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो।  १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित छ। मिर्गौला प्रत्यारोपणका लागि दुईजना नातेदार तयारी अवस्थामा छन्।
आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले प्रत्यारोपणको समय धकेलिएको छ ।  मिर्गौला बिग्रेको अवस्थामा सातामा दुईतीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको एक महिना अवधिमा पाँच पटक मात्र डायलासिस गरिएको छ। नेपालमा पनि मिर्गौला प्रत्यारोपण गर्न भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमै ६ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->