आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सरकार योजनावद्ध विकास निर्माण र समृद्विको यात्रामा: मन्त्री गुरुङ

सरकार योजनावद्ध विकास निर्माण र समृद्विको यात्रामा: मन्त्री गुरुङ

रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका- ११ रिघाको हीरक महोत्सवको उदघाटन


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७६, बुधबार

बागलुङ, २५ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकारात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका- ११ रिघाको हीरक महोत्सवको उदघाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सरकार योजनावद्व ढंगबाट विकास निर्माण र समृद्विमा अगाडी बढिरहेको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा रहेको दुई तिहाईको सरकार सबैको साझा भएको मन्त्री गुरुङको भनाई थियो । विकास निर्माणका कुरामा सरकारले कसैलाई काख र कसैलाई पाखा नगरेको बताउँदै आँखा चिम्लेर भ्रमको पछि नलाग्न आग्रह गरे । वर्तमान सरकारले आर्थिक वृद्विदरलाई ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुराएकोबाट पनि सरकारको कार्य प्रगति जनता माँझ छर्लङ्ग भएको मन्त्री गुरुङले बताए ।सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेता पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुन नसक्नु बिडम्बनापुर्ण भएको बताए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा सरकारको लगानी उच्च रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न गम्भिर भएर सोच्न जरुरी भएको बताए । सामुदायिक विद्यालयमा भौतिक पुर्वाधारको कारण शैक्षिक गुणस्तर खस्कन नदिन गण्डकी प्रदेश सरकार होस्टेमा हैंसे गर्न तयार रहेको मन्त्री गुरुङले उल्लेख गरे ।कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागर, सांसद खिम विक्रम शाही, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला ईनचार्ज बलावती शर्मा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, शिक्षा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, वडा अध्यक्ष डम्मर श्रीस, नगर शिक्षा अधिकृत पदमराज आचार्य, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
हीरक महोत्सवको अवसरमा स्थानिय कला संस्कृति झल्कने रिघाको सोरठी, विद्यार्थीद्वारा पिटी प्रदर्शन गरिएको थियो । हीरक महोत्सवमा विद्यालयले करिब २ करोड आर्थिक संकलन गरेको छ । महोत्सवमा चन्दादाताहरुलाई सम्मान गरिएको थियो । महोत्सवको अवसरमा अन्तर विद्यालय स्तरिय छात्र फुटवल प्रतियोगिता, छात्रा भलिबल प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम रत्न लक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, प्रधानध्यापक तुल बहादुर श्रीसको स्वागत मन्तव्य र शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->