आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भ्रमण वर्षको सफलता गण्डकीमा निर्भर

भ्रमण वर्षको सफलता गण्डकीमा निर्भर


  • ढोरपाटन संबाददाता
  • पुष १७ २०७६, बिहिबार

पोखरा, १७ पुस –  तथ्यांकले भन्छ, नेपाल भित्रिने ४० प्रतिशत पर्यटक पोखरा र आसपास आउने गर्दछन् । यसले के पुष्टि गर्दछ भने १०० पर्यटक आउँदा ४० पर्यटक पोखरा आउँछन्, नै । त्यसभन्दा पनि काठमाण्डौ पछिको दोश्रो पर्यटकीय गन्तव्य पोखरा बनेको छ । पर्यटन पूर्वाधार पोखरामा थप गर्नुपर्छ ।
देशकै एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल हवाईमार्गबाट पोखरा भित्रिने पर्यटकको एकमात्र प्रवेशद्वार हो । पोखरामा आगामी डेढ वर्षभित्रै सकिने गरि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।
यसपछि पोखरामा सिधै पर्यटक आउने हुनाले पोखरा देशकै पर्यटकीय राजधानी हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरे । उनले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने क्रममा यो अभियानको सफलताको निर्णायक गण्डकी प्रदेश हुनेमा जोड दिए ।
२० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने गरि अंग्रेजी नयाँ वर्षको पहिलो दिन आजदेखि भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो । संघ सरकारले दशरथ रंगशाला सहित सातै प्रदेशहरुले प्रदेशस्तरमा पनि यसको उद्धाटन गरेका छन् ।
बुधबार पोखराको पर्यटकीय नगरी लेकसाइडमा मुख्यमन्त्री गुरुङले उद्धाटन गरे । प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै समृद्धिको आधारमा पर्यटनलाई लिएको उल्लेख गर्दै सबै स्थानीय तहहरुलाई यो अभियानको सफलताको सारथी बन्न आग्रह गरे ।
भ्रमण वर्ष २०२० सँगै गण्डकी प्रदेशमा छिमेकी पर्यटन वर्षको पनि सुरुवात भएको छ । आगामी २०२२ सम्ममा गण्डकीले पनि २० लाख पर्यटक उतार्ने लक्ष्य लिएको छ ।
यसको लागि ऐतिहासिक, धार्मिक, प्राकृतिक स्थलहरुमा पूर्वाधार, संरक्षण लगायतका कार्यहरु गर्ने र लक्ष्य पुरा गर्ने उनले बताए ।
प्रदेशका पर्यटनमन्त्री तथा भ्रमण वर्ष २०२० का प्रदेश संयोजक विकास लम्सालले प्रदेशलाई पर्यटन हव र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय गन्तव्यका रुपमा प्रदेशको छवि स्थापित आफुहरु लागिपरेको बताए ।
प्रदेशको पर्यटन मन्त्रालयले प्रदेशभित्रका ११ वटै जिल्लाका ११० पर्यटकीय गन्तव्यको छनोट गरि पर्यटकहरुलाई भ्रमण गर्न आग्रह गरेको छ । यस्तै, हरेक जिल्लामा पर्यटन समिति समेत गठन गरिएको मन्त्री लम्सालले बताए ।
भ्रमण वर्षको पोखरामा औपचारिक उद्धाटनपूर्व प्रदेशभरिका सबै जिल्लाबाट सांस्कृतिक नाच, झाँकी, पञ्चेबाजा बजाउँदै फिस्टेल गेट देखि बाराहीघाटसम्म ¥याली प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तह, जिल्ला समन्वय समिति देखि प्रदेशका जनप्रतिनिधी, सरकारी एवम् गैह्रसरकारी निकायका कर्मचारी, उद्योगी, व्यवसायीहरुको समेत उपस्थिती थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->