बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मंगला माविका सर्बोकृष्ट तीन छात्रालाई नगद पुरस्कार

मंगला माविका सर्बोकृष्ट तीन छात्रालाई नगद पुरस्कार

अधिवक्ता रवि प्रकाश कार्कीले गरे सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७६, बिहिबार

म्याग्दी, १७ पुस – मंगला माध्यमिक विद्यालय बाबियाचौर, म्याग्दीका तीन छात्रालाई नगद पुरस्कार प्रदान गरिएको छ । कक्षा ११ मा सर्वोकृष्ट अंक प्राप्त गर्ने तीन छात्रालाई अधिवक्ता रवि प्रकाश कार्कीको सहयोगमा नगद सहित प्रशंसा पत्र प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक गम वहादुर खत्रीका अनुसार कक्षा ११ मा अध्ययनरत छात्राहरु सुस्मिता किसान, बालकुमारी पाण्डे र मनिषा आचार्यलाई जनही रु. दुई हजार सहित प्रशंसा पत्र प्रदान गरिएको हो । धौलागिरी गाउँपालिका–७ ताकुमका वासिन्दा अधिवक्ता रवि प्रकाश कार्कीको सहयोगमा सो पुरस्कार प्रदान गरिएको प्रअ खत्रीले वताए ।
राष्ट्रिय परिक्षा वोर्डबाट लिइएको परिक्षामा सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्राहरुको पढाईमा केही सहयोग पुगोस भन्ने उदेश्यका साथ आफुले विद्यालयलाई सहयोग उपलब्ध गराएको अधिवक्ता कार्कीले वताए । ‘यो मेरो सानो सहयोग सामाजिक उत्तरदायित्व अन्तरगत हो’, अधिवक्ता कार्कीले भने, ‘आगामी बर्षहरुमा पनि आफ्नो कमाईको केही अंश छुट्टाएर सहयोग गर्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->