पर्वत,१८ पुस – जिल्ला प्रहरी कार्यालय पर्वतले कुटपिटमा संलग्न भएर फरार रहँदै आएका एक जना प्रतीवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फलेवास नगरपालिका वडा नं. ११ पाङराङका २१ बर्षिय बिकाश कुँवर रहेका छन् ।
कुँवरले गत भदौ ५ गते जिल्लाको फलेवास नगरपालिका वडा नं. ११ पाङराङको श्रीकाङ चौताराको सार्वजनिक स्थालमा सोही ठाउँका १८ बर्षिय बिपिन कुवँरलाई कुटपिट गरेका थिए । आक्रमणपछि बिपिन घाईते हुँदा बिकाश फरार रहँदै आएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत मंसिर ६ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा जाहेरी दरखास्त परेपछि बिकाश विरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्धा दर्ता भई अनुसन्धान सुरु भएको थियो । प्रहरीका अनुसार खोजतलास गर्ने क्रममा मिति उनलाई यही पुष १६ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको विशेष टोलीले कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीबिरुद्ध बिहीबार जिल्ला सरकारी वकील कार्यालय पर्वत मार्फत पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।((





