आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मृगौला बिग्रेपछि उपचारमा सहयोगको खोजी

मृगौला बिग्रेपछि उपचारमा सहयोगको खोजी


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७६, शुक्रबार

बागलुङ, १८ पुस – काठेखोला गाउँपालिका-३ धम्जा स्थित सायकटेराका २२ बर्षिय बिपिन आलेको दुवै मिर्गौला बिग्रेपछि उपचारमा परिवारका सदस्यले सहयोगको खोजी गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुले आर्थिक सहयोग अभियान थालनी गरेको समेत बताए । आर्थिक अबस्था कमजोर भएको र यस अघिपनि उनको आन्द्रामा असर परेर अपरेशन गरेकोले थप उपचारमा असर परेको बिपिन आले उपचार सहयोग समितिका सदस्यहरुले बताए ।
अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भैसकेको र नियमित डायलायसिस गरेर अन्य उपचार पद्दतीमा जानुपर्ने भएपछि खर्च बढेको भन्दै सहयोग थालिएको समितिका अगुवा रेशम आलेले बताए । एबी नेगेटिभ रगत समूह भएकोले उपचारमा झनै असर परेको बताइएको छ । जो कोही सँग नहुने भएपछि रगतको समेत खोजी भैरहेको हो । सुरुमा आँखा नदेख्ने समस्या भएपछि उपचारमा जाँदा उनको मृगौलामा असर परेको थाहा भएको हो ।
उपचारको क्रममा पिशाप परीक्षण पछि रोग पत्ता लागेपछि काठमाण्डौस्थित सुमेरु अस्पतालमा उपचार भैरहेको छ । उनको पहिलो चरणमा नियमित डायलायसिस र दोश्रो चरणमा मृगौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । यसरी प्रत्यारोपण गर्नका लागि पनि रक्त समूह मिल्ने व्यक्ति चाहिने भएकोले समस्या परेको हो ।
रक्त समूह नमिलेको व्यक्तिलाई भने नियमित एक बर्ष उपचारमार्फत मिल्ने बनाउन सकिने भएपनि खर्च बढी लाग्ने भएपछि परिवारका सदस्य र अभियानका सदस्यले देश बिदेशबाट रकम संकलन अभियान थालेको बताए । उनकी श्रीमती पूजा हमालले पनि उपचारमा सबैको साथ चाहिने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->