आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जन्मस्थानको विकास निर्माणकालागि लागिपर्छु :प्रचण्ड

जन्मस्थानको विकास निर्माणकालागि लागिपर्छु :प्रचण्ड


  • Dhorpatan News
  • पुष १९ २०७६, शनिबार

काठमाडौँ ,१९ पुस – नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जन्मस्थानको विकास निर्माणका बारेमा आफूले सधैँ चासो राखेको बताएका छन । शनिवार आफ्नो जन्मस्थान समेत पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्नेहरुले स्थापना गरेको अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभालाई सम्बोधन गर्दै उनले आफ्नो जन्मभूमिको विकास र समृद्धिका लागि जति गर्न पर्ने हो त्यती गर्न नसकेको महशुष गरेको बताउदै आँउदा दिनमा सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो जन्मभूमिप्रति माया दर्शाउँदै दाहालले आफूमा सधैँ कास्की विशेषगरी अन्नपूर्ण गाँउपालिका त्यसमा पनि ढिकुरपोखरीप्रतिको लगाव सदैव रहने उनको भनाई थियो । पर्यटकिय दृष्टिले नमूना रहेको अन्नपूर्ण गाँउपालिकाको विकास र समृद्धिसँग जोडिन आफूले कुनै कसुर समेत बाँकी नराख्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले जन्मभूमिप्रतिको लगाव र मनोवैज्ञानिक सम्बन्ध गहिरो रहने भन्दै अन्नपूर्ण गाँउपालिकाको विकास निर्माणका लागि केन्द्रीय सरकार गाँउपालिकासँग मिलेर बिकासका कामलाई तिब्रता दिईएको बताए ।
कार्यक्रममा कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गा विक प्रदेश सांसद राजीव पहारीेले अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार निमार्णका साथै पर्यटनको विकासमा केन्द्रित रहि समृद्धिको यात्रामा मुलुक अघि बढेको बताएका थिए ।
सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवरले गाँउपालिकाले बिकासको गति लिएको बताउदै जनताका न्यूनतम आवश्यकता स्वास्थ्य, शिक्षा, स्वस्थ्य खानेपानीका लागि थप सहयोगको आवश्यकता रहेको बताए । उनले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको अनुरोधमा ३ अर्व ५० करोड माग गरी सडक पर्यटन, कृषि, शिक्षा स्वास्य खानेपानीमा उल्लेख्य काम गरेको बताए । हालसम्म ३ हजार घरधुरीलामा एक घर एक धारा निमार्ण भैसकेको बाकी मा यर्सबर्ष पुरा गर्ने, सामुदायिक विद्यालयको अवस्था सुधारका साथै क्षमताको विकास गर्न र प्राविधिक शिक्षामा जोड दिईएको जानकारी समेत दिए।
समाजका अध्यक्ष मनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँपालिकाका उपाध्यक्ष सगुन गुरुङ, समाजका उपाध्यक्ष झलकराम अधिकारी, महासचिव बिष्णुप्रसाद अधिकारीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न आफूहरुले समाज स्थापना गरेर अगाडि बढेको जानकारी दिए । कार्यक्रममा पर्यटनसँग सम्बन्धित बिभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->