शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चण्डिका आमा समुहको सातौं साधारण सभा सम्पन्न

चण्डिका आमा समुहको सातौं साधारण सभा सम्पन्न


  • Dhorpatan News
  • पुष १९ २०७६, शनिबार

पोखरा,१९ पुस  – पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको सातौं वार्षिका साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्दै महिला दिदिबहिनीहरु आर्थिक रुपमा सबल नभएसम्म अधिकारका मात्रै कुराले समाज र देशको समृद्धि नहुने वताइन । उनले महानगरपालिकाले महिलासंग उपमेयर कार्यक्रमको वारेमा वताउँदै उद्यमी बनि आय आर्जन गर्न इच्छुक महिला समुहहरुलाई आफु सधैं तयार रहेको पनि वताईन् ।
सो कार्यक्रममा संस्थालाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने लेखा परिक्षक राजेन्द्र श्रेष्ठ, पत्रकार तथा दरबारथोक एडभरटाईजिङ एजेन्सीका संचालक कृष्ण रानाभाट, संस्थापक अध्यक्ष सरस्वती कोईराला, संस्थाका सदस्यहरु शोभा अधिकारी, देउमाया गुरुङ, सिता खवास, फुलमाया गुरुङलाई सम्मान पत्रद्धारा सम्मान गरीएको थियो ।
त्यसै गरी संस्थाको कार्यक्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरु मनबहादुर नेपाली, डिलमाया सार्की, भक्त बहादुर श्रेष्ठ, सोममाया श्रेष्ठ, तिलमाया श्रेष्ठलाई तथा संस्थाका सक्रिय सदस्यहरु खिमा गुरुङ, विना श्रेष्ठ, कृष्णमाया कास्की, राममाया प्रधान, कमला पाण्डे, सम्झना रानाभाट, शारदा सिग्देललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा ९ का वडा सदस्य सुरेश खवास, वडा सचिव लोकदर्शन कोइराला, वृहत सरसफाई अभियान्ता रामबहादुर पौडेल क्षेत्री, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, रेडियो वाराहिका स्टेशन म्यानेजर रमेश पौडेललगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कायृक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले र कार्यक्रम संचालन सचिव सीता नेपाली तथा सहसचिव खिमा गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->