आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बुहारीलाई जिम्मेबार बनाउँदै गाउँपालिका

बुहारीलाई जिम्मेबार बनाउँदै गाउँपालिका


  • Dhorpatan News
  • पुष २१ २०७६, सोमबार

बागलुङ,२१ पुस – जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेबार बुहारी र सम्मानित जेष्ठ नागरिक बनाउने भन्दै असल बुहारी र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचवटै वडामा पुगेर बुहारी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको हो ।
सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्धता, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिकाको शिक्षामा ध्यान लगायतका विषयमा आफ्नो प्रदर्शन राम्रो देखाएका बुहारीहरुको छनौट गरी सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । पाँचवटा वडाका ४५ जना बुहारीहरुलाई गाउँपालिकाले सम्मान गरेको उनले जानकारी दिए । उनीहरुसँगै ??? वर्ष पूरा गरेका २ सय ८० जना जेष्ठ नागरिकलाई पनि समान्न गरिएको छ ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण पनि निशुल्क रुपमा गराएको थियो । पायक पर्ने स्वास्थ्य संस्थामा पु¥याएर स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि गाउँपालिकाको तर्फबाट निःशुल्क उपलव्ध गराएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिइन् । उनले सम्मानित सबै महिलालाई अझै इमान्दारीपूर्वक सहनशील, सहृदयी, भएर सामाजिक कामसँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह पनि गरिन् । असर बुहारीहरुलाई गाउँपालिकाले टोल भेलाको आयोजना गरी सोही कार्यक्रममा सम्मान पत्रले सम्मानित गरेको थियो ।
गाउँपालिकाले सम्मानसँगै सुत्केरी महिलाहरुलाई भाले उपहार समेत दिएको छ । ‘सुत्केरीको पोषणमा राज्यको दायित्व हुन्छ’ उपाध्यक्ष पुनले भनिन्,‘हामीले सरकारसँगै भएको अनुभूति दिलाउनका लागि सानो भए पनि सहयोग गरेका हौं ।’ भाले पाउनका लागि महिलाहरुले गाउँपालिकाले बनाएको कार्यविधि अनुसारको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । नियमानुसार स्वास्थ्य चौकीमा ४, ६, ८, ९ महिनामा गरी चार पटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने महिलाले मात्रै भाले उपहार पाउँछन् । नियमित गर्न जाँच र सुरक्षित सुत्केरीका लागि यस्तो नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापा बताउँछन् । यस पटक ४० महिलालाई भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए । जेष्ठ नागरिक सम्मान र महिला लक्षित कार्यक्रमलाई अझ थप व्यवस्थित गर्दै अगाडि बढाउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->