शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर

पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर


  • Dhorpatan News
  • पुष २१ २०७६, सोमबार

पोखरा, २१ पुस – शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने अष्ट्रेलियन एजुकेशन फेयरको तयारी तिव्र रुपमा भईरहेको कम्पनीले जानकारी छ । शनिबारको दिन हुने फेयरमा अष्ट्रेलियका प्रतिष्ठित कलेज तथा यूनिभर्सिटीहरुको सहभागिता रहने कम्पनीले जनाएको छ । न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा हुने फेयरमा वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा त्यहाँका कलेज र यूनिभर्सिटीका प्रतिनीधिहरुलाई भेटेर जानकारी लिन सक्नेछन् ।
‘यो फेयरमा आएर जानकारी लिईसकेपछि विद्यार्थीहरुलाई धेरै जानकारी मिल्नेछ । र, कलेजकै प्रतिनीधिहरुसँग उनीहरुले प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन् । जुन विद्यार्थीहरुका लागि अझै बढि प्रभावकारी हुनेछ ।’ ग्लोबल रिच पोखरा शाखाकी प्रमुख सरिता गुरुङले भनिन्–‘त्यो सँगै फेयरमा आउने विद्यार्थीहरुले विभिन्न अफरहरु समेत पाउन सक्छन् ।’
फेयरमा आउने विद्यार्थीहरुले ‘अन द स्पट एप्लिकेशन’ र ‘स्कोलरशिप’को सुविधा पनि पाउने कम्पनीले जनाएको छ । ‘अष्ट्रेलिया अध्ययनका लागि आवश्यक प्रकृया र त्यहाँ पुगिसकेपछि विद्यार्थीले पाउने अवसरको विषयमा विज्ञहरुमार्फत नै विद्यार्थीहरुले बुझ्न पाउनु ठुलो कुरा हो ।’ ग्लोबल रिच पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने–‘त्यसैले विद्यार्थीहरुले सकेसम्म यो फेयर नछुटाएकै राम्रो ।’
फेयरमा आउने पहिलो १ सय जना विद्यार्थीलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्पर समेत दिने बताएको छ । त्यो सँगै फेयरमा शैक्षिक कर्जाको विषयमा पनि जानकारी दिईने कम्पनीले जनाएको छ । ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । खासगरि अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगाएतका एसियन मुलुकहरुमा यो कम्पनी सक्रिय छ । १६ वर्ष अगाडि देखि काठमाण्डौबाट सेवा दिन शुरु गरेको कम्पनीको हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->