आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देश चिनाउन दौडने युवा

देश चिनाउन दौडने युवा


  • ढोरपाटन संबाददाता
  • पुष २२ २०७६, मंगलबार

बागलुङ, २२ पुस – आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गर्ने धेरै छन् । तर देश चिनाउने लक्षले खेल क्षेत्रमा लाग्नेहरु कमै छन् । रुकुमका दुर्गाराज बुढा भने देश चिनाउन दौडने अभियानमै लागेका छन् । छैठौ बागलुङ महोत्सवमा आएर उनले हाफ म्याराथन दौडको उपाधि जिते । त्यसपछि उनको उद्धेश्य सार्वजनिक भयो । मिडियामा खासै नदेखिने उनी संचारकर्मीको आँखामा परे । उमेरले ३८ बर्षका बुढा दौडकै लागि दर्जनौं मुलुक पुगिसकेका रहेछन् । त्यति मात्र हैन उनले बिदेशमा पुगेर नेपाली प्रतितिधित्व गर्दै पदकहरु पनि जितेका छन् ।
नेपाल भित्रका अधिकांस जिल्ला उनले घुमिसकेको बताए । गाडि चढेर मात्र नभई धेरै स्थानमा उनले पैदल पनि यात्रा गरेको सुनाए । म्याराथन धाबक भएकोले उनले धेरै जिल्ला दौडन कै लागि पुगेको बताए । देशभर कुनै मेला महोत्सवमा दौड प्रतियोगिता छ भन्ने सुन्न नपाउँदै उनी उतै हानिन्छन् र पुरस्कार जितेर ल्याउँछन् । म्याराथनभित्र सिधा बाटोमा दौडने काम मात्र उनको होइन, बरु एड्भान्चर ट्रेल र क्रस कन्ट्री म्याराथनमा रुची राख्छन् ।
बुढाले गत जेठमा भएको यस बर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता जितेका थिए । ४२ दशमलब १९ किमीको दुरी उनले ३ घण्टा ५२ मिनेटमा पार गरेका थिए । सगरमाथा बेसक्याम्पदेखि नाम्चेबजारसम्म यो दौड हुने गर्छ । उकालो, ओरालो, भीर, पाखा, खोला, खोल्सी, हिमाल र तराई सम्मको दौडको दुरी तय गरिएको प्रतियोगितालाई क्रस कन्ट्री म्याराथन भनिन्छ । यस्ता दौड झण्डै उनले दुई सय पटक दौडेका छन् । तीमध्ये १ सय ५० उनका प्रमाणपत्र थुप्रिसकेका छन् । ७५ वटा स्वर्ण र रजत पदकहरु छन् । घर जान बागलुङको बाटो आउँदा थाहा पाएर भाग लिएको छैठौ बागलुङ महोत्सवको हाफ म्याराथन पनि बुढाले जितेका थिए । उनले २१ किमी दुरी १ घण्टा ९ मिनेटमा पार गरेका थिए । कालीगण्डकी किनारको मालढुंगादेखि बागलुङको पञ्चकोट सम्मको दौडमा भाग लिएका ३५ प्रतियोगीलाई पछाडि पारेर उनले म्याराथन जितेका थिए ।
बागलुङको बुर्तिवाङहुँदै घर जान हिडेका बुढाले दौड प्रतियोगिता हुन लागेको थाहा पाएपछि नाम दर्ता गरेर भाग लिएका थिए । बाटैमा बिजेता बनेर उनले २० हजार नगद पुरस्कार हात पारे । पुरस्कारै पुरस्कारले उनी असाध्यै हौसिएका छन् । गत डिसेम्बरमा चीनमा भएको जिआउजी एडभान्चर ट्रेल रनिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक जितेर फर्केका बुढाले घर नपुग्दै बाटैमा अर्को पुरस्कार थापेका हुन् । नेपालबाट गएका ६ जना खेलाडीसहित विश्वका १ सय बढी खेलाडीबाट उनी दोश्रो नम्बरमा पर्न सकेका थिए । ५० किमी लामो दुरी उनले ६ घण्टा ४६ मिनेटमा पार गरेका थिए । प्रथम भने चीनकै खेलाडी भए ।
गत बैसाख १ गते प्युठानमा भएको क्रस कन्ट्री दौडमा पनि उनी प्रथम भएका थिए । गत भदौमा गोरखाको लिगलिगकोटदेखि गोरखा दरबार सम्मको क्रमकन्ट्री दौडमा पनि उनी प्रथम भएका थिए । पुरस्कार थाप्दा उनले व्यक्तिगत रुपमा फाइदा भएपनि देशले फाइदा पुग्ने काम गर्नुपर्ने सुझाव दिए । ‘नेपालमा दर्जनौं क्रमकन्ट्री र एडभेन्चर दौड संचालन गर्न सकिन्छ, तर अझै भएको छैन’ बुढाले भने, ‘ढोरपाटन, अन्नपूर्ण संरक्षण क्षेत्र लगायतका दर्जनबढी स्थानमा यस्ता खेल संचालन भएमा बिश्वभरका खेलाडी आउने वातावरण बन्छ ।’ नेपाल भ्रमण बर्ष सफल पार्न एड्भेन्चर खेल प्रतियोगिता संचालन गर्न सकिने उनले बताए । त्यसका लागि राष्ट्रिय खेलकुद परिषदमा पनि उनले सुझाव दिएको बताए ।
नेपाललाई खेल गन्तव्य बनाउने र केही उच्च हिमाली क्षेत्रमा मैदान बनाएर शितकालिन ओलम्पिक खेल संचालन गर्न सकिने उनले सुझाए । त्यसका लागि उनले राखेप र गण्डकी प्रदेश सरकारलाई समेत सुझाव दिएको बताए । गण्डकी प्रदेश सरकारको अगुवाईमा भएको छनौट खेलमा नेपालकै उत्कृष्ठ भएर बुढा चीन गएका थिए । उनले पहिलो पटकमै प्रथम स्थान पाएर १२ हजार नगद पुरस्कार हात पारे । ‘त्यो पुरस्कारले मलाई निर्दै लागेन, त्यसपछि म नियमित दौडन थाले’ बुढाले भने, ‘कहिले दुई हजार देख्न नसक्ने परिवारमा १२ हजार पाउनु ठूलो उपलब्धि थियो ।’ त्यसपछि उनलाई हिड्न र दौडन खुब मन प¥र्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->