शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई २ लाख ५१ हजार सहयोग

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई २ लाख ५१ हजार सहयोग


  • ढोरपाटन संबाददाता
  • पुष २३ २०७६, बुधबार

पोखरा,२३ पुस – रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी धनसिंह गुरुङ(गुरुङ मेडिकल अर्थात हाकिमको कान्छा)को परिवारले २ लाख ५१ हजार रुपैया सहयोग गरेको छ। मंगलवार रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित स्वागत सम्मान कार्यक्रममा स्याङ्जा फेदिखोला गाँउपालिका मट्टिखान गाँउभई पोखरा निवासी समाजसेवी धनसिंह गुरुङ,रामसुवा गुरुङ दम्पत्तिका तर्फबाट १ लाख १ हजार, जेठा छोरा तमु धिं युकेका पुर्व अध्यक्ष सुवासिंह गुरुङ, बुहारी कमला गुरुङले ५० हजार, अर्का छोरा शुभमानसिंह गुरुङ, बुहारी रोजी गुरुङले ५० हजार र छोरी पवित्रा गुरुङले ५० हजार रुपैया सहयोग गर्नुभएको हो।
जेष्ठ नागरिकहरुको भेटघाटको स्थल, अनुभव आदान प्रदान, जेष्ठ नागरिकलाई सम्मानित वातावरण निर्माणका लागि स्थापित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रको हालसम्मका सबैभन्दा ठूलो रकम सहयोग गर्ने सहयोगी समाजसेवी धनसिंह गुरुङ तथा रामसुवा गुरुङलाई सम्मानपत्रसहित कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक क्या.कुलबहादुर गुरुङले सम्मान गरे । सो अवसरमा रामबजार सोसाइटी युकेका पुर्व अध्यक्ष तथा जेष्ठ नागरिक मिलन केन्द्रका सहयोगी रुपक गुरुङलाई नेपाल आगमनको अवसरमा स्वागत गरिएको थियो।
कार्यक्रममा सहयोगदाता धनसिंह गुरुङले जेष्ठ नागरिकहरुलाई सम्मानित महसुस गर्न मिलन केन्द्रले रामबजार क्षेत्रमा विशेष वातावरण निर्माण गरिरहेकाले संस्थागत विकास र केन्द्रमा आवद्ध जेष्ठ नागरिकहरुलाई सेवा सुविधा अभिवृद्धिका लागि आफु लगायत परिवारबाट सहयोग गरेको बताए ।
रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा रामबजार क्षेत्रका २३६ जेष्ठ नागरिकहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->