पोखरा,२३ पुस – २९८ औ पृथ्वी जयन्ती एबम राष्ट्रिय एकता दिवस को अवसर पारेर आयोजना गर्न लागिएको बिद्यालय स्तरीय भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम को तयारी पारिएको छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।२९८ औ पृथ्वी जयन्ती मूल समारोह समिति पोखरा २५ हेमजा द्वारा संचालन हुने कार्यक्रम हेम्जा सुपर मार्केट नहर चोक मा हुने समिति का अध्यक्ष कृष्ण बहादुर थापा ले जानकारी दिए ।नेपाली नेपाली बीच भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम मा राष्ट्रिय स्तर का कलाकार हरु को सांगीतिक प्रस्तुति, बिद्यालय स्तरीय भलिबल प्रतियोगिता, भजन चुट्का, पन्चेबाजा प्रस्तुति, समूह स्तरीय गायन प्रतियोगिता तथा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायत का कार्यक्रम हुने छन् ।बिद्यालय स्तरीय भलिबल प्रतियोगिता का बिजेता ले नगद रु ३००००, दृतिय हुने ले २०००० साथ मा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यस्तै बिद्यालय स्तरीय नृत्य प्रतियोगिता मा प्रथम हुने ले नगद रु ५०००, दृतिय हुने ले रु ४००० र तृतीय हुने ले रु ३००० प्राप्त गर्ने छन् भने अन्य प्रतियोगित मा आकर्षण पुरस्कार को ब्यबस्था रहेको छ ।कार्यक्रम यही पौष २७ देखि २९ सम्म हुने समिति का उपाध्यक्ष एबम प्रचार प्रसार संयोजक बिराज शर्मा ले जानकारी दिए ।





