शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरा महोत्सवको तयारी

पोखरा महोत्सवको तयारी


  • ढोरपाटन संबाददाता
  • पुष २४ २०७६, बिहिबार
फाईल फोटो

पोखरा,२४ पुस – दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाइटेड क्लवका पदाधिकारीहरुसँगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका प्रमुखहरुले पोखरा महोत्सवमा शान्ति सुरक्षा अमन चयन गर्नका लागी कुनै कसुर बांकी नरहने गरीे काम गर्नेे बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पोखरा महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्नका लागी सुरक्षा निकाय संग समन्वय गरी महोत्सवलाई भब्य र सभ्य बनाउनतर्फ लाग्ने बताए । उनले अर्को महोत्सव गर्दा कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता गरी महोत्सव सञ्चालन गर्न समेत केसीले सुझाव दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले महोत्सवमा सुरक्षा प्रदान गर्नका लागि महोत्सव आयोजक र अन्य सुरक्षा निकायसँग समन्वय गरेर अगाडि वढ्ने वताए । कालिका गण मालेपाटनका गणपति ससस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले विगतका वर्षहरुमा पनि ससस्त्र प्रहरीले अन्य सुरक्षा निकायसंग सहकार्य गरी महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा वोल्दै महोत्सव सुरक्षा ब्यवस्थापन उपसमितिका संयोजक तथा युनाइटेड क्लवका सचिव सूर्य बहादुर वाँनियाले सुरक्षा निकायसँग आयोजकले समेत संहकार्य गरी महोत्सवलाई सफल बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->