शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुले सामुहिक राजिनामा दिने

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुले सामुहिक राजिनामा दिने


  • Dhorpatan News
  • पुष २४ २०७६, बिहिबार

पोखरा,२४ पुस – आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने भएका छन् । क्याम्पसमा अध्यापनरत दुुई सय १४ जना आशिक शिक्षकरुले वुधवार क्याम्पस परिषरमा भेला आयोजना गर्दै प्रशासनले विगत १४ वर्ष देखि नियमित पठनपाठन गराईरहेका प्राध्यापकहरुको सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको ज्यालादारीको रुपमा काम गराएको भन्दै सामुहिक राजिनामा दिने जानकारी गराएका हुन् ।
आशिंक प्राध्यापक सघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिक जनशंक्तिलाई सामान्य मजदुरको तुलनामा पनि व्यवहार नगरेको भन्दै आक्रोश पोखे । अध्यक्ष गौतमले भने–“अवको आन्दोलन हामीलाई विश्वविद्यालयले न्यूनतम भन्दा पनि न्यूतम स्तरमा गरेको व्यवहार र अन्तराष्ट्रिय श्रम नियमको पनि खिल्ली उडाएको हुदा सिधै क्याम्पस प्रशासनसँग हो ।” अवदेखी क्याम्पसमा आफुहरु कसैले पनि कक्षा लिन नसक्ने भन्दै प्रशासनलाई विश्वव्यापी श्रम नियम तथा देशकै अन्य क्याम्पस र र्पथ्वी नारायण क्याम्पसको अधिल्ला नजिरहरुलाई हेर्न पनि उनले अनुरोध गरेका छन् ।
संघका सचिव खिमानन्द पौडेलले क्याम्पस प्रशासन र विश्वविद्यालयले आफुहरुलाई दैनिक ज्यालादारी मजदुरको व्यवहार गर्दा समस्या परेको धारणा राखे । उनका अनुसार क्याम्पसको ६० प्रतिसत कक्षा भार आशिक प्राध्यापकले लिने र प्रशासन उत्कृष्ठ क्याम्पसको रुपमा सम्मान थाप्ने गरेको छ । उनले भने–“या त हामीलाई असक्षम भनेर फाल्नु प¥यो होईन भने लामो समय घर न घाटको बनाएर राख्न पाईदैन ।”
आशिक प्राध्यापकहरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिक आन्दोलन गरेपनि प्रशासनले नटेरेको पनि उनको भनाई छ । अन्तिम आन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->