शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

महिला उद्यमी काशी सम्मानित

महिला उद्यमी काशी सम्मानित


  • Dhorpatan News
  • पुष २४ २०७६, बिहिबार

पोखरा,२४ पुस – महिला उद्यमी महासंघ कास्कीले आफ्नै अध्यक्ष काशी गुरुङलाई सम्मानित गरेको छ । कास्की शाखालाई देशको उत्कृष्ट शाखा बनाउँदै महासंघ केन्द्रबाट नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भएपछि काशीलाई सम्मान गरिएको हो । उनलाई प्रदेशसभा सदस्य मीना गुरुङले सम्मानित गरिन् । सो अवसरमा बोल्दै सभासद मीनाले महिला उद्यमशीलताको लागि सीपमूलक तालीमको व्यवस्था गरिनुपर्ने बताइन् । अध्यक्ष काशीले महिलाहरुलाई बिना धितो ऋण दिनुपर्ने माग गरिन् । उद्यमी सीता गुरुङले आत्मनिर्भरताको लागि उद्यमशीलतामा लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->