शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

पोखरा,२५ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेको छ । राप्रपा कास्कीको विहीबार भएको बैठकले सो माग गरेको हो । राप्रपाले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औं जन्मोत्सव सभ्य र सभ्य रुपमा मनाउन सम्पुर्ण देशभक्त राष्ट्रवादीहरुसँग आग्रह पनि गरेको छ । सो बैठकमा केन्द्रीय सदस्यहरु जयलाल पुन, शिवप्रसाद चालिसे, सिता खड्का, नारायण गुरुङ, जिल्ला अध्यक्ष उपाध्यक्ष गणेश ढकाललगायतले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने बताउँदै भव्य रुपमा मनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । विशेष बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवका दिन पौष २७ गते आइतबारका दिन पृथ्वीचोकमा दिनको ११ बजे हुने भएकोले सम्पूर्ण संघसंस्था, देशभक्त राष्ट्रवादी महानुभावहरुमा उपस्थितिका लागि आह्वान गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले नेपाल सरकार तथा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष सार्वजनिक विदाको माग गर्ने निर्णय समेत गरेको छ । राप्रपा कास्कीका अध्यक्ष डा.महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->