शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर

हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

पोखरा, २५ पुस – नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ । पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच आज पोखरामा गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहेका छन ।
समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मिना गुरुङले शुरुमा स्वास्थ्य र मनोरञ्जनसँग मात्र जोडिएको खेलकुद क्षेत्र अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै खेल क्षेत्रको विकासको लागि खेलाडी मात्र नभई देश नै लाग्नुपर्ने बताइन ।
अहिले खेल क्षेत्र पनि धेरै व्यवसायिक भई सकेको भन्दै कुनै पनि खेलाडीले आर्थिक अभावले खेल क्षेत्रबाट सन्यास लिनुपर्ने अवस्था नरहेको भन्दै खेलाडीले पनि आफनो क्षमता अभिवृद्धि गर्न तर्फ ध्यानदिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर, मगर संघ कास्कीका सल्लाहकार बालकृष्ण काउछमगर, संचारकर्मी हर्क आलेमगर, नेपाल मार्सल आर्टस हाप्किडो संघ ५ नं. प्रदेशका संयोजक सुवास परियार लगायतले बोलेका थिए ।
नयाँ समितिको घोषणा गर्दै हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले अगामी माघ ११ र १२ गते पोखरामा हुने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारलाई मध्य नजर गर्दै आफूहरुले गण्डकी प्रदेशमा संघको नयाँ समिति गठन गरेको बताए ।
२० भन्दा बढी राष्ट्रका खेलाडी र खेल प्रशिक्षकले सहभागिता जनाउने उक्त सेमिनारले पोखराको खेलकुद र पर्यटन क्षेत्रमा मात्र नभई नेपाल भ्रमण वर्षलाई पनि सहयोग पुग्ने उनले बताए ।
हाप्किडो कोरियन मार्शल आटर््स खेल हो । ‘हाप्किडो’ शब्दको प्रयोग कोरियन भाषाबाट प्रतिपादित भएर आएको हो ।
हाप्किडो खेलमा अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाइ सकेकाका कालीबहादुर घर्तीमगरले नेपालमा पनि यो खेल भित्र्याउन आवश्यक रहेको बताए ।
यो सेल्फ डिफेन्स गेम हो । हाप्किडोको च्याम्पियनसिप आफ्नै विधि, प्रक्रिया र नियमानुसार खेलिन्छ । यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ साथै शरीरका अंगहरू बाहेक पिस्तोल, लाठी, चाकु, डोरी जस्ता आत्मरक्षाका आधुनिक हतियार प्रयोग गरिएको हुन्छ । भने यसमा तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आटर््स खेलको कलालाई समावेश गरिएको हुन्छ ।
संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कास्की जिल्ला सचिव रविन गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->