आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भ्रमण बर्ष सफल पार्न मध्यपहाडी लोकमार्गको भ्रमणमा युवा

भ्रमण बर्ष सफल पार्न मध्यपहाडी लोकमार्गको भ्रमणमा युवा


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

बागलुङ, २५ पुस – नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सुदुर पुर्वको पाँचथरबाट मध्यपहाडी लोकमार्गको भ्रमण गर्न निस्केको युवाहरुको टोली बागलुङ आइपुगेको छ । भ्रमण बर्षको अवसरमा पाँचथरका राजनीतिक दलका युवा संगठनका पदाधिकारी र पत्रकार मिलेर घुम्न निस्केका हुन् । उनीहरुले मध्यपहाडी लोकमार्गको १ हजार ८ सय किलोमिटर सडक यात्रा गर्ने बताए । टोलीले तराइको महेन्द्र राजमार्गबाहेक पहाडमा पनि राजमार्ग छ भन्ने सन्देश दिने, आप्mनै देश घुमेर पर्यटक बन्ने, मध्यपहाडी लोकमार्गभित्र रहेका सबै पर्यटकीय स्थान, ऐतिहासिक स्थान र भाषाभाषीको तथ्यांक राख्ने तथा डकुमेन्ट्री बनाउने लक्ष राखेका छन् । मध्यपहाडी लोकमार्ग पाँचथरदेखि बैतडीसम्म ट्रयाक खुलेको छ । उक्त ट्रयाक कालोपत्रे भएपछि नेपाल भ्रमणमा थप सहयोग पुग्ने बताईएको छ । उनीहरुले सबै दलहरु मिल्नुपर्छ भन्ने सन्देश समेत दिन खोजेको बताए । ‘दलहरु झगडा गरेर होइन, मिलेर केही गर्न सकिन्छ’ भ्रमण टोलीका हर्क नेम्वाङले भने, ‘नेपाल भ्रमण बर्ष सफल पार्दा दिगो बिकासको लक्ष र समृद्ध नेपालको सपना पनि पुरा गर्न सकिन्छ ।’
यो यात्राले २३ जिल्लाका २ सय १५ बढी बस्तीका सामाजिक आर्थिक, पर्यटकीय तथा भौगोलिक अबस्थाको अध्यन गर्न सकिने उनीहरुले बताए । ११ जना मिलेर निस्केको यो भ्रमण टोलीले पहिलो पटक मोटरसाइकलमा देश घुम्न सकिन्छ भन्ने सन्देश दिने पनि बताए । गत बर्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मध्यपहाडीकै बाटो राजनीतिक यात्रा गरेका थिए । भ्रमणको क्रममा जहाँ पुगेर अन्तरक्रिया गर्छन् त्यहाँ प्रदेश १ को भ्रमणको निम्तो दिएका छन् ।
बिहिबार बागलुङमा आइपुग्दा नेपाल पत्रकार महासंघले उनीहरुलाई स्वागत गरेको थियो । उनीहरुले बागलुङबासीलाई पत्रकार महासंघमार्फत पूर्व भ्रमणको निम्तो दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->